Aamsanchar

प्रधानमन्त्रीको जन्मदिनमा झापामा पूजा र हवन, ७३ विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण

Author Image
आइतवार, फागुन ११, २०८१

बिर्तामोड – प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ ।

उनको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं.२ लगायतको अगुवाइमा पूजा गरिएको हो । अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।

वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गरेका हुन् । अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्वलन कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं.२ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौडेललगायत सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)