Aamsanchar

आजको माैसम

Author Image
मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं-  देशका अधिकांश भूभागमा बदली भए पनि अहिले सामान्यतया मौसम सफा छ। मंगलबार कतै पनि वर्षाको सम्भावना भने छैन।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदा आज घाम बदली हुने मौसमविद् डेभिड ढकालले जानकारी दिए।

बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पुनः बढ्ने भएको छ, जसले कोशी, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा गराउने सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर
कस्तो होला होलीको दिन मौसम ?
बुधवार, फागुन २८, २०८१
आजको माैसम
शनिवार, फागुन २४, २०८१