




फेब्राइल सिजर के हो?
- यो सामान्यत: शरीरको तापक्रम १००.४°F (३८°C) भन्दा माथि बढ्दा हुन्छ।
- अधिकांश अवस्थामा यो हानिकारक हुँदैन र बालबालिकामा कुनै दीर्घकालीन समस्या उत्पन्न गर्दैन।
- यसले मस्तिष्क वा स्नायु प्रणालीमा स्थायी क्षति पुर्याउने सम्भावना न्यून हुन्छ।
लक्षणहरू:
- शरीरको अकस्मात् झट्का वा जर्किङ (jerking)
- आँखाको कालो भाग (pupil) माथि फर्कनु
- शरीर कडा हुनु (stiffness)
- होस गुम्नु वा प्रतिक्रिया नदेखाउनु
- सामान्यत: २ देखि ५ मिनेट सम्म मात्र रहने
फेब्राइल सिजर हुँदा के गर्ने?
बालबालिकालाई भुइँमा वा सुरक्षित ठाउँमा सुताउनु
टाउको सिधा वा एकातिर फर्काउनु, ताकि जिब्रो घाँटीमा नअड्कियोस्
कपडा खुकुलो बनाउनु
शरीर शान्त पार्ने प्रयास गर्नु
झट्का ५ मिनेटभन्दा बढी भएमा तुरुन्तै अस्पताल लैजानु

फेब्राइल सिजर रोकथाम गर्न सकिन्छ?
- ज्वरो आएको बेला बालबालिकालाई पर्याप्त पानी खुवाउने
- अधिक ज्वरो भएमा चिकित्सकको सल्लाहमा पेरासिटामोल वा आइबुप्रोफेन दिन सकिन्छ
- तर, धेरैजसो केसमा यो स्वतः निको हुने र दीर्घकालीन असर नहुने भएकाले अभिभावकहरूले डराउनु पर्दैन।
यदि बालबालिकालाई बारम्बार यस्तो झट्का आइरहन्छ भने चिकित्सकसँग परामर्श गर्न आवश्यक छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143