




विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निदी माबि तथा ईन्द्रेणी क्याम्पसका संस्थापक सदस्य तुलसीराम खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सोही कार्यक्रममा रामचौकको सौन्दर्यकरणका लागि सडकमा वृक्षरोपण गरिएको थियो। निदी माबिका प्रिन्सिपल भिस्म प्रसाईले औचित्यमाथी प्रकाश पार्दै विद्यालयको गतिबिधीबारे जानकारी गराएका थिए।
कार्यक्रममा प्याब्सन झापा अध्यक्ष छत्रबहादुर कार्की, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालयको स्थापनाकालदेखी हालसम्म कार्यरत् शिक्षकहरू भाइस प्रिन्सिपल रामकृष्ण दाहाल, शिक्षकहरू घनश्याम पौडेल, शारदा उप्रेती र कर्मचारी निरमाया अधिकारीलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा स्व हरिकुमार प्रसाई अण्डर १३ नकआउट फुटबल प्रतियोगितामा निदी माबिका विजेता फुटबल खेलाडीलाई सम्मान गरिएको थियो। विद्यालयमा कक्षा १० सम्म ९०० र कक्षा ११–१२ मा १११५ गरी जम्मा २०१५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।


कार्यक्रममा निदी माबिका विद्यार्थीहरूले रायम्स, गीत, नृत्यसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक सरोज घिमिरेले गरेका थिए।
शुक्रबार ईन्द्रेणी क्याम्पसको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइने ईन्द्रेणी क्याम्पसका क्याम्पस प्रमुख रञ्जित शाहले बताए।