


राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः रत्न श्रेष्ठ / रासस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ ।

सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जादै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।


सचिवालयले भनेको छ-


भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी(केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जॉदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गरॉउदछौ ।