



उनले भनेका छन् – ‘हाम्रा बहादुर लडाकुहरूले हाल अमेरिकी जहाज, वायु र नौसेना सम्पत्तिको सुरक्षा गर्न र नेभिगेसनको स्वतन्त्रता पुनर्स्थापित गर्न आतंकवादी लक्ष्यहरू, नेताहरू र मिसाइल प्रतिरक्षाहरूविरुद्ध हवाई आक्रमण गरिरहेका छन् ।’

साथै ट्रम्पले इरानलाई विद्रोही समूहलाई समर्थन गर्न बन्द गर्न चेतावनी पनि दिएका छन् ।


हुथी विद्रोहीहरूले शनिबार साँझ आफ्नो क्षेत्रमा श्रृंखलाबद्ध विस्फोट भएको बताएका छन् । अनलाइन प्रसारित तस्बिरहरूमा साना विमानस्थल परिसरमाथि कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसमा एक विशाल सैन्य क्याम्प पनि समावेश छ ।


इजरायलले गाजामा लगाएको नाकाबन्दीको प्रतिक्रियामा यमनको तटीय पानीमा यात्रा गर्ने इजरायली जहाजहरूमाथि आक्रमण पुनः सुरु गर्ने हुथी विद्रोहीहरूले बताएको केही दिनपछि नै अमेरिकाले हवाई आक्रमण शुरु गरेको हो ।
संयुक्त राज्य अमेरिका, इजरायल र बेलायतले यसअघि यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा आक्रमण गरिसकेका छन् ।