Aamsanchar

श्री माधव संस्कृत विद्याश्रमको सप्ताह पुराणबाट २१ लाख रुपैयाँ बचत

Author Image
आइतवार, चैत ३, २०८१

मेचीनगर । मेचीनगर  १२ स्थित श्री माधव संस्कृत विद्याश्रमले श्रीमद्भागवत सप्ताह एवं धनधाञ्याचल विराट ज्ञान महायज्ञ सफलतापूर्वक सम्पन्न गरेको छ। फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिएको यस धार्मिक महोत्सवबाट विद्याश्रमले २१ लाख ४४ हजार ६१३ रुपैयाँ बचत गर्न सफल भएको छ।

आय–व्यय सार्वजनिक गर्दै विद्याश्रमका कोषाध्यक्ष टेक प्रसाद भारतीले कुल आम्दानी ३० लाख ४५ हजार ४५८ रुपैयाँ भएको जानकारी दिनुभयो। महायज्ञ सञ्चालनका क्रममा ९ लाख ८४५ रुपैयाँ खर्च गरिएको उल्लेख गर्दै उहाँले बाँकी रकम संस्थाको आर्थिक स्थायित्वका लागि उपयोग गरिने बताउनुभयो।

विद्याश्रमका अध्यक्ष तिलक गिरीका अनुसार बचत रकममध्ये ११ लाख रुपैयाँ संस्थाको अक्षय कोषमा राखिने छ। “कम खर्चमा पुराण सम्पन्न गरेर हामीले उल्लेखनीय बचत गर्न सफल भएका छौं,” अध्यक्ष गिरीले भन्नुभयो, “अब अक्षय कोषमा जम्मा २२ लाख रुपैयाँ पुग्नेछ।”

बाँकी रकम विद्याश्रमको भौतिक संरचना निर्माणमा खर्च गरिने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो। महायज्ञको आय–व्यय सार्वजनिक कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य उषा मिश्र, सल्लाहकार प्रेमराज घिमिरे, भागवत वाचक पण्डित हरिकृष्ण भण्डारी, स्थानीय समाजसेवी नेत्र मिश्र लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्राचार्य पं. पुण्य प्रसाद रिजालले गर्नुभएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर