



काठमाडौं – धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले ´धर्मराज युधिष्ठिर र भगवान् रामको जस्तो त्याग` गरेको बताए । उनले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको पनि बताए ।


राजा आउने वा नआउने विषयमा जनताले चाहनामा भर पर्ने उनको भनाइ छ । अहिले नागरिकमा जनशक्ति जागेको र छिट्टै नै राजतन्त्र फर्किन सक्ने उनको भनाइ छ ।


भारतीय सञ्चारमाध्यम र नेपालका सञ्चारमाध्यमले पनि राजततन्त्रबारे वकालत गर्ने गरेको भन्दै उनले छिट्टै राजतन्त्र फर्किने बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 115