Aamsanchar

भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना

Author Image
सोमवार, चैत ४, २०८१

हेटौडा – काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना भएको छ। दुर्घटनामा चारजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटनामा परेको हो।

गाडीको ब्रेक फेल भइ रोडको बायाँ साइडमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा १७ जना सवारी रहेको र तीमध्ये ४ जना घाइते भएका हुन्। घाइते हुने चारैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर