



झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य एवं मिडिया प्रमुख हिमाल खरेलका अनुसार ट्रफी अनावरणपछि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले शुभकामना व्यक्त गरे । वक्ताहरूले एनएसएलमा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने झापा एफसीलाई च्याम्पियन बन्न अग्रिम शुभकामना दिएका थिए ।


मेची रंगशालाबाट सुरु भएको ट्रफी यात्रा नेपालको सबैभन्दा होचो भूभाग कचनकवल हुँदै काँकरभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुंगिनेछ ।


धनगढीबाट सुरु भएको ट्रफी टुर बुटवल, लुम्बिनी, चितवन हुँदै झापामा आइपुगेको हो । अब पोखरा, ललितपुर हुँदै प्रतियोगिता स्थल काठमाडौँमा पुगी समापन गरिनेछ ।
चैत १६ गतेदेखि सुरु हुने नेपाल सुपर लिगमा सात टोलीको प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल ललितपुर र काठमाडौँबीच खेलिनेछ भने फाइनल बैशाख १३ गते तय गरिएको छ ।