Aamsanchar

कर्णाली नदी तर्ने क्रममा डुंगा पल्टिँदा एकजना युवक बगेर वेपत्ता

Author Image
सोमवार, चैत ४, २०८१

कालीकोट – जिल्लाको पँलाता गाउँपालिका – ९ वालुवास्थित कर्णाली नदी तर्ने क्रममा एकजना युवक बगेर वेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका-६ नानिकोट जानका लागि नदी तर्ने क्रममा युवा बगेर वेपत्ता भएका हुन् ।

डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० निवासी २३ वर्षीय देवनाथ सेजवाल नदीमा वेपत्ता भएको प्रहरी निरीक्षक किशोर केसीले बताए । उनले भने कर्णाली करिडोरमा काम गर्न आएका सेजुवालको खोजी कार्य जारी रहेको छ ।

बिहान ७ बजेर ३० मिनेटको समयमा नदी पार गर्ने क्रममा उक्त घटना घटेको हो । अहिले उनको खोजी कार्य जारी रहेको छ । डुंगामा चारजना सवार रहेकोमा सेजुवाल बेपत्ता भएका हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर