Aamsanchar

भोलि डोनाल्ड ट्रम्पले रुसी समकक्षी पुटिनसँग कुरा गर्ने

Author Image
सोमवार, चैत ४, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि भोलि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताउनुभएको छ । रुसको राजधानी मस्कोमा अमेरिकी र रुसी अधिकारीहरूबीच सकारात्मक वार्तापछि ट्रम्पले पुटिनसँग कुरा गर्ने बताउनुभएको रोयटर्सले जनाएको छ ।

ट्रम्पले युक्रेन–रुस दुवै पक्षबीच युद्ध अन्त्य गर्ने विषयमा धेरै छलफल भइसकेको र पुटिनसँग पहिलो पटक यसबारेमा कुरा गर्ने बताउनुभएको छ । रुसले दाबी गरेको केही जमिनको विषयमा पनि छलफल हुने उहाँको भनाइ छ ।

अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूले रुसलाई युद्ध रोक्न दबाव दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिनुभएको छैन । अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरेपनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गर्नुभएको छैन । उहाँले अमेरिकी प्रस्तावमाथि केही गम्भीर प्रश्नहरू उठाउनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका बेला ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो । रुस र युक्रेनबीच तीन वर्षअघिदेखि शुरू भएको युद्ध अझै चलिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर