Aamsanchar

डेढगाँउमा भिरमौरीले चिल्दा तीन जना घाइते

Author Image
सोमवार, चैत ४, २०८१

नवलपुर- नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले चिल्दा ३ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ वर्षीया ओम माया राना, ४५ वर्षीया इनमाया राना र ६३ वर्षीय लालबहादुर सारू घाइते भएका हुनुभएको हो ।

उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर