



स्ववियु निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेस झापाले जिल्लाका क्याम्पसहरूमा समन्वय एवं सहजीकरण गर्न विशेष समिति गठन गरेको थियो। गत फागुन १६ गते महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवे, जिल्ला पदाधिकारी, क्षेत्रीय नेतृत्व, प्रदेशसभा क्षेत्रका प्रतिनिधि, तथा गाउँ/नगर सभापतिहरूको संयुक्त बैठकले उक्त निर्णय लिएको थियो।

बैठकको निर्णयअनुसार, क्याम्पस स्तरमा नेविसंघ इकाई समितिसँग समन्वय गर्दै स्ववियु निर्वाचनका लागि उम्मेदवार तय गर्ने प्रक्रिया अघि बढाइएको छ। झापाका अधिकांश क्याम्पसहरूमा उम्मेदवारहरूको टुंगो लागिसकेको छ भने दमक बहुमुखी क्याम्पसमा केही विवाद देखिए पनि, इकाई समितिको सिफारिसअनुसार उम्मेदवारी दर्ता गरिसकिएको छ।


समन्वय समितिका संयोजक पाण्डेले विद्यार्थी तथा पार्टी कार्यकर्ताहरूलाई अधिकृत उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।

