



सोमबार, अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ह् मार्फत सार्वजनिक गरेको सन्देशमा, भिसा जारी भएपछि समेत नियमित रूपमा समीक्षा गरिने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार, कुनै व्यक्तिले अमेरिकी कानुन उल्लंघन गरेको पाइएमा भिसा रद्द गर्न सकिन्छ र आवश्यक परेमा उनलाई देशबाट निष्कासन गरिनेछ।

“अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि समाप्त हुँदैन। भिसा प्राप्त गरेपछि पनि सम्बन्धित व्यक्तिले सबै नियमहरूको पालना गरेको छ कि छैन भन्ने निरन्तर परीक्षण गरिन्छ। उल्लंघन देखिएमा भिसा खारेज गरी आवश्यक कारबाही गरिनेछ,“ मन्त्रालयले आफ्नो आधिकारिक ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ।


हालको अमेरिकी प्रशासनले आप्रवासन नीतिलाई थप कडा बनाउँदै आएको छ। यस नीतिले भिसाको दुरुपयोग रोक्न तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई सचेत गराउने उद्देश्य राखेको बताइएको छ। यसअघि पनि अमेरिकी सरकारले ग्रीन कार्ड प्राप्त गरेका व्यक्तिहरूले पनि नियम उल्लंघन गरेमा स्थायी बसोबासको अधिकार गुमाउन सक्ने संकेत दिएको थियो।


यस निर्णयले अमेरिका आउने तथा बसोबास गरिरहेका आप्रवासीहरूलाई थप सतर्क बनाएको छ।