


नेतृत्वका लागि उम्मेदवारहरू । फोटो : कौशल कान्छो

अर्जुनधारा । झापाको अर्जुनधारा स्थित शनिश्चरे बहुमुखी क्याम्पस स्ववियु चुनावमा नेविसङ्घ –अनेरास्ववियु गठबन्धन र क्रान्तिकारी का लागि मतदान भइरहेको छ ।

आज बिहान ८ बजेदेखि सुरु भएको मतदान अन्तरगत हाल सम्म ३२१ खसेको छ। क्याम्पसमा २४१ छात्र र ८० जना छात्र मतदाता रहेका छ ।


यस निर्वाचनमा नेविसङ्घ र अनेरास्ववियुको गठबन्धनबाट विशाल थापा अध्यक्ष पदमा उम्मेदवार रहेका छन् भने क्रान्तिकारी विद्यार्थी सङ्गठनको तर्फबाट गगन चापागाईं रहेका छन्।


मतदान स्थलमा विद्यार्थीहरू उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी भइरहेका छन्।
यस निर्वाचनमा कुल ४४९ जना मतदाताहरू छन्। निर्वाचन समिति तथा सुरक्षाकर्मीहरूको निगरानीमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।
निर्वाचनको परिणाम साँझसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।