Aamsanchar

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण निर्वाचित

Author Image
मङ्गलवार, चैत ५, २०८१

मोरङ- मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् । यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्‍यक्षबका उम्‍मेदावर गौतमबुद्ध तामाङ र अनेरास्ववियु(क्रान्तिकारी)को तर्फबाट दिपेन्द्र बराईली अध्यक्षका उम्‍मेदवार थिए । यसअघि उक्त क्याम्पसमा नेविसंघका विवेक कार्की स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला कार्कीसँगै नेविसंघले प्यानलै विजयी भएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)