



परिक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिनु नगर शिक्षा प्रशासनको लापरवाही दर्शाउने स्पष्ट संकेत हो। परीक्षा प्रणालीप्रति विद्यार्थी, अभिभावक र शिक्षासम्बद्ध निकायहरू चिन्तित देखिएका छन्। यस घटनाले विद्यार्थीहरूको शैक्षिक क्षमतामा नकारात्मक असर पर्ने खतरा रहेको छ। श्रोतका अनुसार बिर्तामोड २ को एक विद्यालयका विद्यार्थीको हातमा प्रश्न पत्र आइपुगेको हो । नेपाली विषयको परीक्षा को प्रश्न पत्र पनि यसै गरी चुहावट भएको श्रोतको दावी छ ।

प्रश्नपत्र कसरी बाहिरियो र यसको पछाडि को–को संलग्न छन् भन्ने विषयमा हाल अनुसन्धान जारी छ। आमसञ्चारले नगर शिक्षा प्रमुख तिलचन भण्डारीलाई फोन गर्दा फोन उठेन। चुहावट भएको प्रश्न पत्र आसंचारलाई प्राप्त भएको छ ।


अब भोलि ६ गते हुने परीक्षा यही चुहिएको प्रश्नपत्रबाट सञ्चालन हुन्छ वा नयाँ प्रश्नपत्र तयार पारिन्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक अन्योलमा छन्। प्रशासनले तुरुन्तै यसबारे स्पष्ट निर्णय सार्वजनिक गर्नु आवश्यक छ।


यस घटनाले स्थानीय शिक्षा प्रणालीको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। विद्यार्थीहरूको भविष्यको सुरक्षाका लागि प्रशासनले छिटो निर्णय लिन आवश्यक देखिन्छ।