Aamsanchar

बिर्तामोड सामुदायिक विद्यालय कक्षा ९ को आज हुने परिक्षाको प्रश्न पत्र चुहावट, परिक्षा समितिको तर्क फरक

Author Image
बुधवार, चैत ६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा ९ को परीक्षा प्रश्नपत्र चुहावट भएको घटना सार्वजनिक भएको खबर सर्वत्र चासोको विषय बनेको छ । आज हुने सामाजिक विषयको प्रश्नपत्र हिजै विद्यार्थीहरूमाझ पुगेपछि स्थानीय शैक्षिक प्रणालीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको हो ।

परिक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिनु नगर शिक्षा प्रशासनको लापरवाही दर्शाउने स्पष्ट संकेत हो । परीक्षा प्रणालीप्रति विद्यार्थी, अभिभावक र शिक्षासम्बद्ध निकायहरू चिन्तित देखिएका छन्। यस घटनाले विद्यार्थीहरूको शैक्षिक क्षमतामा नकारात्मक असर पर्ने खतरा रहेको छ । श्रोतका अनुसार बिर्तामोड २ को एक विद्यालयका विद्यार्थीको हातमा प्रश्न पत्र आइपुगेको हो । यस अघि भएको नेपाली विषयको परीक्षाको प्रश्न पत्र पनि यसै गरी चुहावट भएको श्रोतको दावी छ ।

प्रश्नपत्र कसरी बाहिरियो र यसको पछाडि को–को संलग्न छन् भन्ने विषयमा हाल अनुसन्धान जारी छ । आमसंचारले नगर शिक्षा प्रमुख तिलचन भण्डारी संग फोन सम्वाद गर्दा “कक्षा ५ र ८ बाहेकको परिक्षा विद्यालय स्तरीय समितिले लिने गरेको छ, यो कक्षा ९ को कुरा रहेछ नगर शिक्षा शाखा जवाफदेही नहुने’ उनको तर्फ छ । ‘समितिको काम कर्तव्य र अधिकारको बारेमा नगरले स्पस्ट निर्देशित गरेको छ ।’ उनले भने ।

आज ६ गते हुने परीक्षा को चुहिएको प्रश्नपत्रबाट सञ्चालन हुन्छ वा नयाँ प्रश्नपत्र तयार पारिन्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक अन्योलमा छन्। प्रशासनले तुरुन्तै यसबारे स्पष्ट निर्णय सार्वजनिक गर्नु आवश्यक छ । यसै विषयलाई लिएर विद्यालय स्तरीय परिक्षा समितिका संयोजक दिपक लुइटेल संग सम्पर्क गर्दा त्यो प्रश्न पत्र आधिकारिक नभएको हुनसक्ने उनको भनाई छ ।  भ्रामक प्रश्न पत्र बनाएर विद्यार्थीहरु माझ पुर्याउने काम गर्ने व्यक्ति तथा पक्षलाई कानुनी दायरामा ल्याउनु पर्ने उनले माग गरे ।

संयोजक लुईटेलको भनाईमा कतिको सत्याता छ या छैन भन्ने कुरा नगर शिक्षा शाखाले जान्ने कुरा भयो ।

यस घटनाले स्थानीय शिक्षा प्रणालीको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ । विद्यार्थीहरूको भविष्यको सुरक्षाका लागि प्रशासनले छिटो निर्णय लिन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)