Aamsanchar

आजको माैसम

Author Image
बिहिवार, चैत ७, २०८१

काठमाण्डौ – पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । तराई क्षेत्रका धेरै ठाउँको मौसम सफा छ ।

प्रि मनसुनको समय भएकाले दिउँसोपछि देशका धेरै ठाउँमा हावाहुरी चल्ने र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर