




काठमाडौं – जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ ।


यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।


आज बिहान ८ बजेदेखि ११ बजे सम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 542