Aamsanchar

नाइजेरियाका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

Author Image
बिहिवार, चैत ७, २०८१

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गर्नुभएको छ ।

सङ्कटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरू ६ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन भएका समाचार संस्था एएफपीले जनाएको छ ।

राजनीतिक गतिरोधको पक्ष लिँदै सन्दिग्ध सशस्त्र विद्रोहीले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । पछिल्लो दुई दिनमा केही तेल प्रतिष्ठानहरूमा नचिनेका व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।

नाइजेरियाका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण पनि आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताउनुभयो ।

राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गर्नुभएको खबरमा उल्लेख छ ।

बाध्यात्मक आपतकालीन घोषणाले रभर्स राज्यमा शान्तिव्यवस्था पुनर्स्थापित गर्न मद्दत गर्ने राष्ट्रपति टिनुबुको विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर