




काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो भनिएको मान्छे कतै नियुक्त नगरिएको बताएका छन् । सांसद मनिष झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए । ‘अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्छ र मेरिटोक्रेसीका आधारमा गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन’, प्रधानमन्त्रीले भने, ‘सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्तिहरू गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन ।’ आफ्नो मान्छे एक जना नियुक्त गरेको देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले कर्मचारीहरूको नियुक्ति लोकसेवामार्फत हुने गरेको स्मरण गराए ।

मुलुकको आर्थिक अवस्था दुरावस्थामा पुग्नुमा अहिलेको सरकार मात्र जिम्मेवार नरहेको पनि प्रधानमन्त्रीको भनाई छ । उनले कानुन विपरित काम गर्ने जो कसैलाई सरकारले कारबाही गर्ने भन्दै सरकारी नियुक्तिमा नातावाद भयो भन्ने आरोपमा सत्यता नभएको पनि बताए । उनले नेपाल प्रहरीको आइजीपी नियुक्तिलाई उदाहरणका रूपमा लिन आग्रह गर्दै उनले विकास निर्माणका काम अघि बढाएको बताए ।