Aamsanchar

१२ लाख नगदसहित दुई जना पक्राउ

Author Image
बिहिवार, चैत ७, २०८१

काठमाडौँ – प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित बाईपासबाट अवैध हुण्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ घर भएका २२ वर्षीय सुख सागर यादव, प्रतापपुर गाउँपालिका–८ घर भएका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियाँ छन् ।

उनीहरुको साथबाट जनहरी ६ लाखको दरले १२ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्स्पेक्टर नारायण थापाले रातोपाटीलाई बताए । उनीहरु भारतिय भोटरसाइकलमा सवार थिए । आरोपीहरु बिरुद्ध प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)