Aamsanchar

बल चम्काउन थुक लगाउन पाइँने

Author Image
बिहिवार, चैत ७, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बल चम्काउन थुकको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । थुकको प्रयोगमा प्रतिबन्धका कारण तीव्र गतिका बलरहरूलाई रिभर्स स्विङ गर्न गाह्रो हुने गरेको थियो । यसअघि भारतका तीव्र गतिका बलर मोहम्मद शमीले बलमा थुकको प्रयोगलाई अनुमति दिन आग्रह गरका थिए ।

यस्तै बीसीसीआईले आईपीएलमा खेलको दोस्रो इनिङ्सका लागि दोस्रो बलको नयाँ नियम लागू गरेको छ । खेलको दोस्रो इनिङ्सको ११औं ओभरपछि दोस्रो बल खेलिने छ ।

आउँदो आईपीएल संस्करणका लागि बीसीसीआई र आईपीएल व्यवस्थापनले विभिन्न निर्णय गरेका खबरमा उल्लेख छ । मुम्बईको क्रिकेट सेन्टरमा आज कप्तान र प्रबन्धकहरूको बैठकमा बीसीसीआईले नयाँ नियमहरूबारे बताएको हो ।

पर्सिदेखि शुरू हुने १८औं संस्करणको आईपीएल मे २५ सम्म चल्नेछ । उद्घाटन खेलमा पूर्वविजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर