Aamsanchar

दुर्गा चोकमा आफ्नै घरमा काम गर्दै आएका कामदारमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

Author Image
शुक्रवार, चैत ८, २०८१

विराटनगर – विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

विराटनगर–२ का अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले आफ्नै घरमा काम गर्दै आएका कामदार विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । घटना राति ८:३० बजेतिरको हो । घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

चिमरियाका अनुसार गुप्ता सापकोटाको घरमा काम गर्थे । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।

घटनापछि फरार भएका सापकोटालाई विराटनगरकै नेपाल–भारत सीमा क्षेत्रबाट शुक्रबार बिहानका राति पक्राउ गरिएको चिमरियाले बताए । घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी एसपी चिमरियाले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर