Aamsanchar

झापामा सुगर फ्रि बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर भित्राउने युवक सशस्त्रकाे नियन्त्रणमा

Author Image
शुक्रवार, चैत ८, २०८१

झापा – भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो भद्रपुर नगरपालिका–४ स्थित डागिबारी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका–१ घर भई हाल झापाको कनकाई नगरपालिका–७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

 

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमा तैनाथ सशस्त्रले शंका लागी चेकजाँच गर्दा उनले बोकेको सारइन्थेंटिक झोलाभित्र रहेको सुगर फ्रि बिस्कुटको प्याकेट भित्र लुकाइ छिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको थियो।

साथै उनको साथबाट नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर