




काठमाण्डौ – आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात पनि हुने सम्भावना छ ।


देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव कायमै रहेकाले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 32