




काठमाडौं – आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ। बुधबार रेकर्ड बनाएको सुनको भाउ बिहीबार स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167