




काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी लामिछानेले निवेदन दर्ता गराएका हुन् । उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 12