Aamsanchar

२३ लाख रुपैयाँको सामान प्रहरीको नियन्त्रणमा

Author Image
शुक्रवार, चैत ८, २०८१

नेपालगन्ज-  भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर नेपालगन्जमा भित्र्याइएका करिब २३ लाख रुपियाँको विभिन्न सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठूलो परिमाणमा करिब २३ लाख रुपियाँका विभिन्न कम्पनीका मोबाइल डिस्प्ले र अन्य सामग्री बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको टोलीले भारतबाट ल्याइएका विभिन्न कम्पनीका ५७० पिस मोबाइल डिस्प्ले नेपालगन्जबाट बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले बताउनुभयो । उहाँले भारतबाट ल्याएर भण्डार गरी एकै पटक ठूलो परिमाण बनाएर नेपालगन्जबाट अन्यत्र लैजाँदै गरिएको अवस्थामा आइफोन, वान प्लस लगायतका स्मार्ट फोनका ५७० पिस मोबाइल डिस्प्ले नियन्त्रणमा लिएको बताउनुभयो ।

बरामद गरिएको एक डिस्प्लेको अन्दाजी तीन हजारदेखि तीन हजार ५०० सम्म मूल्य पर्ने भएको हुँदा सशस्त्र प्रहरीले करीब १८ लाखको डिस्प्ले बरामद गरेको जनाइएको छ । बरामद गरिएका सबै मोबाइल डिस्प्लेलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको पनि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । यसैगरि नेपाल प्रहरीले पनि भारतबाट अवैध रुपमा भित्रयाइएको करिब पाँच लाख रुपियाँको विभिन्न सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुरबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको चिनी, दाल, पेय पदार्थ, सुर्ती र उक्त सामान ढुवानीमा प्रयोग गरिऐको एक जिपसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सामाग्रीको मूल्य चार लाख अठहत्तर हजार १०० रुपियाँ रहेको जनाउँदै डिएसपी पातलीले बरामद सामानसहित ढुवानीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर