Aamsanchar

सप्तकोशी नदीमा बाढीलाई लक्षित गरेर वर्षाअगावै तटबन्धको काम सुरु

Author Image
शुक्रवार, चैत ८, २०८१

वराहक्षेत्र-  सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारका बढी पानीको चाप पर्ने स्परको पहिचान गरेर मर्मत गर्न थालिएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले वर्षामा पानीको चाप पर्ने स्परहरूको मर्मत फागुनको पहिलो साताबाट सुरु गरिएको छ । पूर्वी तटबन्धको सुरक्षाका लागि तटबन्धसँगै रहेका स्परको मर्मत गर्न सुरु गरिएको छ । नदीमा वर्षासँगै आउने बाढीले स्परको अगाडिको भागमा पानीको चापका कारण स्पर कमजोर हुने हुँदा तटबन्धको सुरक्षाका लागि त्यसको मर्मत थालिएको मोहन मण्डलले बताउनुभयो ।

मर्मतको काम गर्दै आउनुभएका मण्डलले सप्तकोशी नदीमा वर्षामा आउने बाढीलाई लक्षित गरेर वर्षाअगावै तटबन्धको सुरक्षाका लागि स्पर अगाडिको भागमा तारजालीमा ढुङ्गा भरेर मर्मतको काम सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष कोशी किनार क्षेत्रमा वर्षा लाग्नुअगावै भारतीय कोशी आयोजनाले तटबन्ध र स्परको मर्मत गर्दै आएको छ । कोशी आयोजना अन्तर्गत भारतको जलसंसाधन पटना र वीरपुरले ठेक्कामार्फत कोशीको तटबन्ध र स्परहरूको मर्मतसम्भार गर्दै आएको छ । कोशीको पूर्वी नदी किनार क्षेत्रमा रहेको स्पर नम्बर २४ः१० देखि २८ः२० नम्बर स्परसम्मको भागमा प्रोकोपाइन लगाइँदै आएको तटबन्ध क्षेत्रका जानकारसमेत रहेका मोहन मण्डलले बताउनुभयो । मण्डलका अनुसार नदी किनारको तटबन्ध जोगाउन बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नट बल्टुले कसेर बनाएको त्रिखुट्टी नदी किनारमा राखिँदै आएको छ ।

कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्म कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले नदी तटबन्ध, स्परको रेखदेख र मर्मतसम्भारको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर