




चारपाने । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्जुनधारा–५ को वडा अधिवेशन सम्पन्न भएको छ। आगामी चार वर्षका लागि अर्जुन बस्नेत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

वडा समिति पदाधिकारीहरूमा उपाध्यक्ष निर्मला अधिकारी, सचिव महाप्रसाद भण्डारी, सहसचिव एसकुमार बुढाथोकी र कोषाध्यक्षमा पुष्पराज भट्टराई निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यहरूमा खेम रिमाल, साकार खतिवडा, वीरेन्द्र बुढाथोकी, राजकुमार चौहान, छविलाल लम्साल, ज्ञानेन्द्रबहादुर कार्की, रत्ना राजवंशी, ईश्वर पाण्डे, जीवन खड्का, टेकबहादुर गिरी, मनोहरी चम्लागाई, मनोज बोहोरा, बालकृष्ण अधिकारी, रञ्जित राजवंशी, रिजन खड्का, र सुजन राजवंशी चयन भएका छन्।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले माला अर्पण गरी बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा विशिष्ट अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, जिल्ला सचिव कुमार थापा, राप्रपा क्षेत्रीय उपाध्यक्ष छविलाल लम्साल, अर्जुनधारा नगर अध्यक्ष सूर्यकुमार खतिवडा, अर्जुनधारा महिला संगठन अध्यक्ष लीला प्रधान, हर्कजंग थुङगिमलगायतका नेताहरूले मन्तव्य राखेका थिए।


वक्ताहरूले सरकार भ्रष्टाचार र वेथितिमा चलेको भन्दै आलोचना गरेका थिए। साथै, संवैधानिक राजसंस्थाको पुनःस्थापना नै देशको स्थायित्वका लागि आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न सबैलाई आग्रह गरे। काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भई सरकारलाई दबाब दिनुपर्नेमा पनि उनीहरूले जोड दिए।
जीवनकुमार खड्काको अध्यक्षतामा आयोजित अधिवेशनको खुला सत्रमा वडा सदस्य ईश्वर पाण्डेले स्वागत मन्तव्य दिएका थिए भने सदस्य राजकुमार चौहानले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा १३ जना ज्येष्ठ कार्यकर्तालाई सम्मान गरिएको थियो ।