




शुक्रबार आयोजित विशेष कार्यक्रममा विद्यालयका ९१ जना विद्यार्थीहरूलाई तयारी विद्यालय पोशाक वितरण गरिएको थियो। साथै, एक दिनको सम्पूर्ण खाजा खर्चसहित १ लाख ७० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको कार्यक्रम संयोजक दिपेश तिवारीले जानकारी दिए।

कार्यक्रम रोट्रयाक्ट क्लबका अध्यक्ष प्रतावबाबु जमरकट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख योगराज पौडेल, विशेष अतिथि वडा नं। ७ का वडाध्यक्ष मित्रराज भट्टराई, विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद अधिकारी तथा दाता परिवारको तर्फबाट गोपाल गिरी लगायतले मन्तव्य राख्दै शिक्षा नै उज्ज्वल भविष्यको आधार भएकाले यस्ता सहयोगी कार्यक्रमहरूले विद्यार्थीहरूलाई अझ प्रेरित गर्ने बताए।


विद्यालय व्यवस्थापन समितिले सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न निरन्तर सहयोगको अपेक्षा गरेको छ।