




तर यसबारे कुनै पुष्टि हुन सकेको थिएन । जब पृथ्वी आफैं्र हालै एसएसएमबीको सेटमा नदेखिए पछि भन्दै धेरैले छाडेका ठानेका थिए तर अब फ्यानहरुका लागि खुसीको खबर आएको छ । अहिले पृथ्वीराजले पनि यो फिल्मको हिस्सा भएको स्वीकार गरेका छन् ।

पिंकभिलासँग कुरा गर्दै पृथ्वीराज सुकुमारनले आफू पनि देशकै सबैभन्दा ठूलो फिल्मको हिस्सा भएको घोषणा गरेका छन् । उनले भने, ‘त्यसो भए मैले भन्नु पर्ने यो हो कि अब भिडियो र तस्विरहरु लिक भइसकेकाले म त्यहाँ भेट्न गएको थिएँ भन्न मिल्दैन ।’

‘मलाई आशा छ छिट्टै हामी यो फिल्मको बारेमा कुरा गर्न सुरु गर्नेछौं। म यो फिल्मको हिस्सा बनेको एक वर्षभन्दा बढी भइसकेको छ । हामी यसमा निकै सुस्त गतिमा काम गरिरहेका छौं,’ उनले भने । पृथ्वीराज बाहेक केही समय अघि अन्तर्राष्ट्रिय स्टार प्रियंका चोपडा पनि यस फिल्मसँग जोडि सकेकी छिन् ।


तर, पृथ्वीराज सुकुमारनले फिल्ममा आफ्नो भूमिका के हुने भन्ने खुलाएका छैनन् । उनी फिल्मको बारेमा धेरै कुरा गर्नबाट टाढै रहेका छन । तर अब अभिनेताका फ्यानहरुको खुसीको सीमा रहेन, जब उनले स्विकार गरे । जब पृथ्वीराजले फिल्मको हिस्सा भएको भन्न अस्वीकार गरेका थिए, त्यो बेला धेरै फ्यानहरूको हृदय टुटेको थियो ।
तर, अहिले साउथ सुपरस्टारले आफू पनि यो फिल्मको हिस्सा भएको प्रष्ट पारेका छन्, जसरी फिल्मको तयारी भइरहेको छ, त्यसमा उनी महत्वपूर्ण भूमिकामा देखिने लगभग पक्का नै भएको छ । अहिले उनी आफ्नो आगामी फिल्म ‘लुसिफरः२ एम्पुरान’ को लागि चर्चामा छन् । उनले नै यो चलचित्र निर्माण गरेकासमेत हुन्