Aamsanchar

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदै

Author Image
आइतवार, चैत १०, २०८१

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हैदरावादमा दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै साँझ पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल एम चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ।

यसअघि गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ । साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै पाहुना टोलीले विजयी सुरुवात गरेको हो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर