Aamsanchar

दाङ : गाईको बाच्छी छोएर गौरक्षाको सपथ

Author Image
आइतवार, चैत १०, २०८१

दाङ – दाङ देउखुरीको गढवा गाउँपालिका–६ मनिकापुरमा चहलपहल थियो । स्थानीय, समाजसेवी र जनप्रतिनिधिहरु भेला भएका थिए । टेन्ट मुनि चार महिला र सात पुरुष हातमा कागज लिएर उभिए र गाईका बाच्छी छुँदै कसम खाए– ‘म सन्तुलित समाजको निर्माणमा चिन्तनशील रही गौ रक्षामा लागिरहने छु ।’

यो दृष्य हो मनिकापुरस्थित गढवा गौशाला तथा स्थानीय जातका गाई संरक्षण केन्द्रको साधारण सभाको । पहिलो साधारण सभाबाट चुनिएका कार्यसमितिका पदाधिकारी र सदस्यहरुले गाई संरक्षणमा लागिरहने भन्दै सपथ ग्रहण गरेका थिए । उनीहरुलाई निर्वाचन मण्डलका संयोजक उमाकान्त पन्तले गाईका बाच्छी छोएर सपथ खुवाएका थिए ।

जितबहादुर आले मगर नेतृत्वको गौशाला व्यवस्थापन समितिमा हिन्दु र मुस्लिमदेखि आदिवासी जनजाति, दलित र ब्राह्मणसम्मको प्रतिनिधित्व छ ।

समितिको उपाध्यक्षमा देवराज यादव, सचिवमा भरतकुमार पन्त, कोषाध्यक्षमा रुपा गिरी, सहसचिवमा पटवारी यादव छन् । त्यसैगरी सदस्यहरूमा मोहम्मद मुस्तफा गुजर, गुरुप्रसाद यादव, हिमा अधिकारी, वीरसिंह थापा, आशा विश्वकर्मा र हिमाल नेपाली चुनिएका छन् ।

सपथ ग्रहणपछि उनीहरुलाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी लगायतले अबिर लगाइदिएर बधाई दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर