Aamsanchar

बिर्तामोडमा टाटा मोटर्सका तीन नयाँ इभी लन्च

Author Image
आइतवार, चैत १०, २०८१

बिर्तामोड । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा टाटा मोटर्सले झापाको बिर्तामोडमा आफ्ना तीन नयाँ इभी सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङ्गको आधिकारिक वितरकत्वमा कर्भ इभी, नेक्सन के ३ इभी, र टियागो इभी २०२५ नेपाली बजारमा लन्च भएका हुन्।

बिर्तामोडमा आयोजित विशेष कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनको प्रमुख आतिथ्यमा यी गाडीहरू सार्वजनिक गरिएका हुन्। सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान तथा अलास्का अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटी गाडीहरु लन्च गरेका हुन ।

नयाँ इभीहरूका विशेषता
लन्च कार्यक्रममा बोल्दै सिजापतीले कर्भ इभीलाई प्रिमियम डिजाइन, उत्कृष्ट सुरक्षा सुविधा, र नेपाली सडकका लागि उपयुक्त विशेषतासहितको गाडी भएको बताए। नेक्सन के ३ इभी लामो दूरीका यात्राका लागि उपयुक्त रहेको उनले जानकारी दिए। त्यस्तै, टियागो इभी २०२५ नयाँ डिजाइन र सुविधासहित पुरानै मूल्यमा उपलब्ध हुने जानकारी दिइएको छ।

टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले नेपाली ग्राहकहरूको चाहनाअनुसार स्टाइलिश र विश्वसनीय गाडीहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

खरिदकर्तालाई चाबी हस्तान्तरण
कार्यक्रमको क्रममा चार जना ग्राहकलाई नयाँ इभीहरूको चाबी हस्तान्तरण गरियो। ग्राहकहरूले अब बिर्तामोडस्थित अलास्का अटोमोबाइल्समा गई यी इभीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।

टाटा मोटर्सले आफ्नो नवीनतम प्रविधियुक्त गाडीहरू नेपाली बजारमा निरन्तर प्रस्तुत गर्दै आएको छ। यी नयाँ इभीहरूले पनि ग्राहकहरूको अपेक्षा पूरा गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर