Aamsanchar

यस सिजनमा पहिलो शतक बनाउने खेलाडी बने इशान किसन

Author Image
आइतवार, चैत १०, २०८१

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)को यस सिजनमा पहिलो शतक बनाउने खेलाडी बनेका छन् इशान किसन। उनले राजस्थानविरुद्ध शतक प्रहार गरेका हुन्। आइपीएल करियमा पनि उनको यो पहिलो शतक हो।

मुम्बईमा रिटेन नभएपछि हैदरवादमा आएका इशानले आइतबार कीर्तिमानी इनिङ्स खेलेका हुन्। शतक बनाउन उनले ४५ बलमा १० चौका र ६ छक्का प्रहार गरे। उनी १०६ रनमा अविजित रहे।

यसैबीच टस हारेर ब्याटिङ गरेको हैदरवादले राजस्थानलाई २८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ओभरको खेलमा उसले ६ विकेटको क्षतिमा २८६ रन बनाएको हो। यो आइपीएलको दोस्रो ठूलो रन पनि हो। यसअघि हैदरवादले नै २८७ रनको कीर्तमान बनाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर