Aamsanchar

झापा : दुम्सेमा रेबिजको प्रकोप, दुई वटा गाईको मृत्यु

Author Image
आइतवार, चैत १०, २०८१

दमक- झापाको दमक दुम्सेमा केही दिनयता रेबिजको प्रकोप देखिन सुरु गरेको छ । रेबिज लागेको एक कुकुरले रेबिज फैल्याएको बताइएको छ । टोलमा रेबिजको संक्रमण फैलिएपछि नगरपालिकाले उच्च शर्तकता अपनाउन आग्रह गरेको छ ।

एउटै कुकुरले गाईसहित १४ वटा चौपायालाई टोकेकोमा दुई वटा गाईको मृत्यु भएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशु सेवा शाखाले मृत्यु भएको गाईको परीक्षण र अन्य पशुचौपायामा देखिएको लक्षण रेबिजको नै भएको जनाएको नगर प्रमुख रामकुमार थापाले बताउनुभएको छ ।

दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो । रविन आङदेम्बेले पालेको गाईको अवस्था नाजुक भएपछि बेग्लै राखिएको बताएको छ । कुकुरले टोकेर घाईते भएका र रेबिजको आंशका भएका सबै गाईबस्तुहरुलाई निगरानीमा राख्न नगरपालिकाको पशु सेवा शाखाले किसानहरुलाई आग्रह गरेको छ ।

पशुचौपायाबाट मानिसमा रेबिजको संक्रमण नफैलियोस भनेर उक्त टोलका ३२ जनालाई सरकारी दमक अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन थालिएको नगर प्रमुख थापाले बताउनु भएको छ । रेबिज फैलिएको बस्तीका सबैलाई निशुल्क रुपमा खोप हान्ने व्यवस्था मिलाईएको र प्राविधिक टोली पनि खटाईएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर