Aamsanchar

दाङमा प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, जोखिममा ३० घर

Author Image
सोमवार, चैत ११, २०८१

दाङ – घोराही उपमहानगरपालिका- ९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेका छैन। आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्।

उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। उनका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलबस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर