




ग्राहकलाई विशेष उपहार
यस ऐतिहासिक क्षणलाई विशेष बनाउन, वर्ल्डलिङ्कले आफ्ना ग्राहकहरूका लागि उपहार योजनासमेत घोषणा गरेको छ। कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ।

ग्राहकप्रतिको आभार
वर्ल्डलिङ्कले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ—

“हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ। सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ।”


डिजिटल नेपाल निर्माणतर्फ वर्ल्डलिङ्कको प्रतिबद्धता
नेपाललाई डिजिटल रूपमा सबल बनाउने उद्देश्य राख्दै, वर्ल्डलिङ्कले थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार, सबैलाई जहाँसुकै, जुनसुकै समयमा पनि इन्टरनेट सेवामा पहुँच उपलब्ध गराउने यसको मूल लक्ष्य हो। १० लाख घरधुरीमा इन्टरनेट पु¥याउनु डिजिटल नेपाल निर्माण गर्ने यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा भएको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय पहिचान
वर्ल्डलिङ्कले हालै एसियन टेलिकम अवार्ड २०२५ को दुई विधामा उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ बलियो बनाएको छ। नेपालका ब्रोडब्यान्ड इन्टरनेट बजारमा करिब ३५ प्रतिशत हिस्सा ओगटेको यस कम्पनीले पाँच हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ।
सार्वजनिक वाई–फाई र सामाजिक उत्तरदायित्व कार्यक्रमहरू
देशभर डिजिटल पहुँच वृद्धि गर्न वर्ल्डलिङ्कले १४ हजारभन्दा बढी स्थानमा निःशुल्क सार्वजनिक वाई–फाई सेवा उपलब्ध गराइरहेको छ। यससँगै, समाजमा योगदान दिने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
नेपालको डिजिटल परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै वर्ल्डलिङ्कले आफ्ना ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।