Aamsanchar

दाङको राप्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू

Author Image
सोमवार, चैत ११, २०८१

दाङ – दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू भएको छ । राप्ती गाउँपालिका–२ पुण्यपुरमा प्लास्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू भएको हो ।

पालिकाभित्रको प्लास्टिकजन्य फोहरबाट मोहर बनाउने अभियान अनुसार यो कार्य गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । फोहरमुक्त पालिका निर्माणका लागि पालिकाले इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरेको हो ।

अध्यक्ष विष्टले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको पनि जानकारी दिनुभयो । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि शुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर