Aamsanchar

धरानमा लागूऔषधको कारोबारमा संलग्न एक पक्राउ

Author Image
मङ्गलवार, चैत १२, २०८१

धरान – लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्। भारतबाट प्रतिबन्ध लागूऔषध खरिद गरी धरान ल्याएर बिक्री गर्दै आएका २४ वर्षीय अफ्रोज सिद्दिकिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए।

धरान-२ को निकेतन गल्लीमा बसोबास गर्ने सिद्दिकिले लागूऔषध कारोबार गर्ने सूचना पाएपछि प्रहरीले उनको कोठामा छापा मारी लागूऔषध बरामद गरेको ठाकुरले बताए।

प्रहरीले अभियुक्तको कोठाबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२० क्याप्सुल र स्पास्पेन १२० ट्याब्लेट बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका सिद्दिकिलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक ठाकुरले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर