




आज बिहान करिब ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई नदीमा खसेको थियो। दुर्घटनामा परी रौतहट घर भएका अन्दाजी ३०-३५ वर्षीय चालक रामनारायण यादवको मृत्यु भएको छ भने १९ वर्षीय सहचालक असुन्द्र कुमार यादव घाइते भएका छन्।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरुको नेतृत्वमा उद्धार टोली परिचालित भएको थियो। उद्धारपछि घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको चितवन प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 44