Aamsanchar

कुलमान घिसिङको नयाँ यात्रा : कानुनी लडाइँ कि राजनीतिक ?

Author Image
मङ्गलवार, चैत १२, २०८१

झापा। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अब के गर्ने भन्ने दोधारमा छन्। उनलाई ओली सरकारले हटाएपछि उनले आगामी कदमबारे गम्भीर छलफल थालेका छन्।

सूत्रहरूका अनुसार घिसिङले दुई सम्भावित विकल्पबारे सल्लाह गरिरहेका छन्। पहिलो, उनले आफ्नो बर्खास्तीलाई अन्यायपूर्ण ठहर गर्दै कानुनी लडाइँ लड्ने सम्भावना छ। कानुनविद्हरूसँग परामर्श गर्दै उनले अदालतमार्फत न्याय खोज्न सक्ने संकेत दिएको छ।

दोस्रो विकल्प अझ चासोको विषय हुन सक्छ—उनी राजनीतिक यात्रातर्फ उन्मुख हुनेबारे सोचिरहेका छन्। यससँगै, उनले विद्युत महसुल नतिर्ने प्रभावशाली व्यक्तिहरूको नाम सार्वजनिक गर्ने योजना समेत बनाएका छन्।

अहिलेका लागि घिसिङले कुनै औपचारिक घोषणा गरिसकेका छैनन्। सरकारबाट आधिकारिक बर्खास्ती पत्र हातमा परेपछि मात्रै उनी आफ्नो बाटो स्पष्ट पार्ने बताएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर