Aamsanchar

भारतीय स्कर्पियोमा नेपाली नम्बर प्लेट हालेर चलाउने २ युवक झापाबाट पक्राउ

Author Image
मङ्गलवार, चैत १२, २०८१

झापा –तस्करीको भारतीय नम्बर प्लेटको स्कर्पियोमा नेपाली नम्बर प्लेट हालेर चलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोस छन् । दुवै जनालाई झापाको मेचिनगर नगरपालिका-६ स्थित काँकडभिट्टा बसपार्क इलाकाबाट सोमबार राति सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले नक्कली च्यासिस र नेपाली नम्बर प्लेट हालेर स्कर्पियो चलाएको आरोप छ । उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नेपालबाट पुरानो गाडी भारतीय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर