




विराटनगर – यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो ।

सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

१.विराटनगर महानगरपालिका- ३ का ४१ वर्षीय सञ्जीव कोइराला


२.विराटनगर महानगरपालिका- ३ का २४ वर्षीय राजेश खड्का
३.विराटनगर महानगरपालिका-३ का २५ वर्षीय गौरवकुमार माझी
४.विराटनगर महानगरपालिका- ३ का ३७ वर्षीय राजु कोइराला
५. दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल
६.विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत
७.विराटनगर महानगरपालिका- ४ का २२ वर्षीय राजीव मण्डल
८. बर्जु गाउँपालिका- ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९.कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजबंशी
१०. बुढिगंगा गाउँपालिका- २ का ५० वर्षीय उदय कार्की
११.बुढिगंगा गाउँपालिका-१ का २१ वर्षीय सुनिल दाहाल
१२.विराटनगर महानगरपालिका- ३ का २९ वर्षीय अजयकुमार मण्डल