Aamsanchar

जनता भन्दा ठुलो संविधान की संविधान भन्दा ठुलो जनता ?

Author Image
मङ्गलवार, चैत १२, २०८१

अहिले मुलुकमा मुलुकका सडकहरूमा यिनै विषयलाई लिएर नारा जुलुस चलिरहेको  छ ! अहिले देखिएको सडक प्रदर्शनले मुलुकले जारी गरेको संविधान माथि प्रश्न उठाउँदै संविधान संशोधनलाई मूल मुद्दा बनाएको छ१ पूर्व राजा ज्ञानेन्द्रबाट फागुन सातमा व्यक्त गरेको विचारले देशमा संविधान माथि बहस र छलफल सुरु हुन थालेको छ१ देशको लागी मैले श्रीपेच त्यागे अझ पनि देशको लागी हामिले के के त्याग गर्नु पर्ने त्याग गर्न तयार भएको भनाइ अर्थ पूर्ण र गम्भिर अर्थ बोकेको छ१ पूर्व राजाबाट “हामी” भन्ने शब्द प्रयोग ले अन्य राजनीतिक दललाई पनि इङ्गित सङ्केत गर्दै त्याग गर भनेको हुन सक्छ !

प्रचण्ड नेतृत्वको सरकार हटे पछि काँग्रेस र एमाले को सरकार बन्दै गर्दा संविधान संशोधनकै मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धन गर्दा पूर्व राजाले भने जस्तै संविधानमा भएका केही बुंदा त्याग गर्ने गरी संविधान संशोधन लाई प्राथमिकतामा राखेर नै गठबन्धन त गरिएको त हैन ? प्रश्न जे पनि र सम्भावना यो उ भनेर भन्ने अवस्था वर्तमान राजनीति आएको उतार चढाबले हुने देखिन्छ !

काँग्रेस केन्द्रिय समितिबाट समेत गणतन्त्रवादीको वर्तमान समयमा मोर्चाबन्दी अव्यक्तता नभएको र जनतानै सार्वभौम भएको हुँदा जनतालाई नै सम्बोधन गर्नु पर्ने विचार प्रस्तुत गरेर संविधानबाटै सबै समस्या समाधान गर्न सकिन्छ भनिएको छ ! देशकै ठुलो दल काङ्ग्रेसको यो विचारले पनि काँग्रेस संविधानमा भएका केही बुंदा त्याग गर्न सक्ने आशय लाई लिन सकिन्छ !

अहिले सातै प्रदेशबाट “संविधान संशोधन र यसमा चुनौती “ विषयमा भएको विचार गोष्ठीबाट आएको विचारलाई प्रतिवेदन बनाएर काङ्ग्रेसमा पेश गरिएको छ ! त्यसमा पनि हिन्दु राष्ट र सङ्घीयता र भूगोलको आधारमा निर्वाचित क्षेत्र बनाउनु पर्ने राय आउनु पनि काङ्ग्रेसले यि कुरा त्याग गर्ने गरी जनताको सार्वभौमलाई आत्मसात गर्दै त्याग गर्न तयार रहेको हो की ?

संस्थापन इतर का नेता डा। शेखर कोइरालाले संसारमा राजालाई पूर्वराजा भन्ने प्रचलन नरहेको हुँदा पूर्व राजा भनिरहनु नपर्ने बताउँदै अहिले मुलुकमा चलिरहेको बहस छलफल र सडक आन्दोलनले पूर्व राजालाई नारायणहिटी मा प्रवेश गराउने अभियान चल्दै गर्दा डा। शेखरले जनताले चाहेमा नहुन सक्ने भन्ने छैन भन्नु र काँग्रेस केन्द्रीय समितिबाट पनि जनता सार्वभौम हुन भन्दै जनतालाई संविधानबाटै सम्बोधन गर्न सकिन्छ भन्नु काँग्रेस र एमालेको गठबन्ध यही कारणले भएको हो भन्न सकिन्छ ! 

दलहरू पनि संविधान रक्षाको लागि सडकमा

राजावादीहरूको आन्दोलन चलिरहेकै अवस्थामा अहिले दलहरू पनि सिङ्घिया गणतन्त्र र सङ्घीयतालाई अझ दरो र मजबुत बनाउन संविधानको रक्षाको लागी सडक रोज्दै छन ! माओवादी तराइ मधेस जागरण अभियानमा ,काँग्रेस क्षेत्रीय सम्मेलनमा ,एकीकृत समाजवादी सुशासन र रोजगारीमा र एमाले सडक प्रदर्शनमा छन ! राजाबादीहरुको आन्दोलनलाई मध्यनजर गरेर आएका गणतन्त्रवादीको यो सडक अभियान राजावादी आन्दोलन सँग मुठभेट हुन सक्ने अवस्था पनि आउन सक्छ यदि त्यस्तो भएमा गणतन्त्रवादीलाई भारी पर्न सक्छ ! यो गणतन्त्रवादीको यो आफ्नै विरुद्ध  र गणतन्त्रलाई क्षति पुग्नेगरि आफै विरुद्ध गरिएको आन्दोलन हुन सक्छ ! अहिले संयम र विवेक पुर्याएर जनताको चाहाना र इच्छामा अगाडी वडनु नै गणतन्त्रको आयु वडछ ! 

जनवलको अगाडी संविधान

नेपालमा २००७ साल पछि जति पनि संविधान खारेज भए र जति पनि निर्माण भए ति सबै जनवलमा नै भए ! जनताकै इच्छा र आंकाक्षामा निर्मित भए १ त्यतिखेर जनता संविधान मानेर संविधान भित्र रहेर आन्दोलन गरेनन र अन्तत संविधान नै परिवर्तित गर्नु पर्ने अवस्था सृर्जित गरे ! नेपालमा २००४ साल पछि जति पटक संविधान बने ति सबै जनबलकै आधारमा निर्मित भए जस्तो कि २००७ , २०१५,२०१९,२०४७ र २०६३  र २०७२ यि सबै संविधान शसश्त्र युध्द आन्दोल कै वलबाट मुलुकमा संविधान आएको देखिन्छ ! जनता भन्दा माथि संबिधान होइन भन्नेकुरा विगत कै संविधान मिर्माण भएकोको कुरा इतिहास साक्षि छ !अहिले राजनीतिक दल भित्र काङ्ग्रेसले चै यो कुरा बुजेको छ र उस्ले जन भावना विपरित गणतान्त्रिक मोर्चाको आवस्यक नभएको ठहर गर्दै संविधानबाटै जनताको समस्या हल गर्न र सम्बोधन गर्न सकिन्न्छ भनेको छ !

यति भनि सके पछि वर्तमान गठबन्धन सरकारमा काङ्ग्रेसको पनि उपस्थिती छ र गढवन्धन सरकारले विवेकपुर्ण निर्णय गर्न गराउन सक्नु पर्छ ! 

राष्ट्रिय सहमतीको सरकार

अहिले तिन दल काँग्रेस एमाले र माओवादी नेतृत्वविच पनि राष्ट्रिय सहमतिय सरकारको आवस्यकता महशुश गरिन्दै छ र त्यसेको सम्भावना पनि बडेर गएको देखिन्छ ! संविधान संशोधनमा हात हाल्नु जोखिम र मुलुक अरु तनावग्रस्त बन्दै जाने अवस्था आउने कारणको आंकलन गर्दै वर्तमान गठवन्धनको सरकारले नै राष्ट्रिय सहमतिय सरकारको आवस्यकता र औचित्य देखेको हो ? अथवा काङ्ग्रेसले भने जस्तै गणतन्त्रबादी मोर्चा वर्तमान समयमा आवस्यकता छैन भन्दै गर्दा यही राष्ट्रिय सहमतीको सरकारलाइ नै  गणतान्त्रिकहरुको मोर्चामा परिणत गर्दै गुप्त अर्थात भित्री नदेखिने मोर्चाबन्दी  गरिन लागिएको हो भने त्यस्ले मुलुकमा दुर्घटना निमत्याउन सक्छ !

अहिले मुलुकमा भएको राजावादीहरुको आन्दोलन गणतन्त्र विरुद्ध भन्दा पनि गणतन्रले उब्जाएको भ्रष्टचार र कुशाशन अस्थिर राजनीतिकै कारण हो यसमा समयमै सुधार गर्नु पर्छ  र राजनीतिक दल पनि सच्चिनु पर्छ अव ढिलो गर्नु हुदैन !

अहिले काङ्ग्रेसमा पेष भएको प्रतिवेदनमा उल्लेख गरिएक विसयहरु र संशोधन गरिनु पर्ने विसयहरु राजावादी आन्दोलनले उठाएका विसयहरुमा केही समानता छन र साथै जनतानै सार्वभौम हुन भन्ने मान्यता र आदर्शलाइ स्मरण गरिनु नै गणतत्न्रको उपलब्धी मान्न सकिन्छ !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर