Aamsanchar

घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की

Author Image
मङ्गलवार, चैत १२, २०८१

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म आइपुगेका थिए । सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेका थिए । उक्त क्रममा प्रहरीसँग धक्कामुक्की भएको हो ।

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ । माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर